दुई मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनको दारेचोकस्थित कुरिनटारमा दुईवटा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
२६ माघ राति ८ः३० बजेको समयमा भएको सो दुर्घटनाबाट दारेचोक–३ कुरिनटारका २० वर्षीय पूर्णबहादुर चेपाङ गम्भीर घाईते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
सुरुमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग.८ प.६५६७ नं.को मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । लगत्तै पुनः ग.९ प.५३५१ नंको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा गएराति करिब ९ः३० बजेतिर भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । शव भरतपुर अस्पतालमै राखिएको छ । रासस