नेपालद्वारा नेदरल्याण्डसलाई २१८ रनको लक्ष्य
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डस्सँगको आफ्नो दोस्रो खेलमा नेपालले २१८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनायो ।
कप्तान पारस खड्काको सर्वाधिक ८४ रन जोडे । ६५ रन बनाउँदा तीन विकेट गुमाइसकेकोमा कप्तान खड्का र सागर पुनले ११८ रनको साझेदारी गरी स्कोर उकासेका थिए ।
पुनले ४५ रन बनाएको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ले ३९ रन बनाए ।