जग्गा विवादमा बाबुले खुकुरी हानेर छोराको हत्या
जग्गा विवादमा कैलालीको घोडाघोडी नगरपालिकामा ७२ वर्षीय बुबाले खुकुरी प्रहार गरेर ४३ वर्षीय छोराको हत्या गरेका छन् ।
२५ माघ राती ११.३० बजे घोडाघोडी नगरपालिका–१ रामपुरका राजमलि रोकायले खुकुरी प्रहार गरेपछि उनका ४३ वर्षीय छोरा कर्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाबु छोराबीच जग्गाको विषयमा विवाद हुँदा राजमलिले प्रहार गरेको खुकुरीबाट कर्ण घाइते भएका थिए । उनलाई उपचारको लागि घोडाघोडी अस्पताल पु¥याइएको थियो भने घोडाघोडी अस्पतालले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाएको थियो । उनको उपचारकै क्रममै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाबु राजमिललाई इलाका प्रहरी कार्यालय, सुखडले नियन्त्रणमा लिएको छ । रासस