साना दललाई सरकारमा जान दिनुहुँदैनः विजुक्छे
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताएका छन् । २५ माघमा ख्वपः कलेजको बृहत शैक्षिक एवम् विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन ।
यद्यपि सरकार अस्थिर हुनुमा भने प्रमुख दलहरू नै जिम्मेवार रहेको उनको भनाई थियो । “थ्रेसहोल्डले अस्थिर सरकार बन्छ भन्नु गलत हो, काँग्रेस, एमाले र माओवादीले नै सरकार बनाउँदा साना पार्टीलाई सरकारमा लगेका हुन्, अस्थिर सरकारको जिम्मेवारी पनि तीन दलले लिनुपर्छ”, बिजुक्छेले भने ।
ख्वपः उमाविका प्राचार्य एवं प्रर्दशनीका सहसंयोजक प्रकाशकुमार श्रेष्ठले कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीले तयार पारेका १२८ वटा स्टल राखिएको बताए । प्रर्दशनी अवधिभर चार जिल्लाका १३५ भन्दा बढी विद्यालयका १५ हजार विद्यार्थी, अभिभावक र बुद्धिजिवीले अवलोकन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।रासस