यामाहा स्कुटर टेस्ट राइडमा आईफोन–७ जित्ने मौका
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन शुरु गरेको छ । यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जना भाग्यशालीले आईफोन–७ प्राप्त गर्ने एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ ।
एमएडब्लुले यो योजना अवधीभर यामाहा स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकलाई टिसोट, गुच्ची, बोस ओरेन्ज, जिर्गियो अर्मानी र गाइ लोरेचे लगायत ब्रान्डका प्रिमियम घडी, सनग्लास, पफ्र्युम र ब्याग उपहार दिने घोषणा गरेको छ ।
एमएडब्लु इन्टरप्राइजेजका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट एजीएम दिपक रौनियारले स्कुटरप्रेमीहरुमाझ यामाहाको फेसिनो, रेजेडआर र रेजी लोकप्रिय रहेको बताए । उनले भने, “एक सय १३ सीसी एअर कुल्ड इन्जिनजडित फेसिनो निकै सुन्दर स्कुटर हो जसमा ब्लुकोर टेक्नोलोजी रहेको छ ।” यसले ६६ किलोमिटर प्रति लिटरको माइलेज दिने उनले बताए ।
यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर–१५, स्यालुटो, एसजीआरआर र आर३ पनि बजारमा उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित रहेको एमएडब्लुले जनाएको छ । यामाहाको आर–१५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ ।