बिहेबाट फर्किएको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
बिहेबाट फर्किएको जीप पाल्पाको दोभान गाविस–४ श्रीडाडाको चुनढुंगा खानी जाने बाटोमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनमा परि १६ जना घाइते भएका छन् भने १० जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा परी पाल्पा देउरालीका हरिप्रसाद राना, यमबहादुर राना, भीमबहादुर राना र जयबीर बागबरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
पञ्चेबाजा टोली बोकेको लु.१ ज.२६८९ नम्बरको जीप दोभान–४ श्रीडाडामा बिहे सकेर २४ माघ राती ९ बजे श्रीडाडा गाउँभन्दा तल १३० मिटर तल खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
जीपमा देउराली युवा क्लब डान्सिड टोलका २२ जना पञ्चेवाजा टोली बसेका थिए । एम्बुलेन्ससहित बुटबल प्रहरीको टोली उद्दारका लागि घटनास्थल पुगेको थियो । भीरमा ंअड्केका घाइतेहरुको राती नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
श्रीडाडाको घुम्तीमा एक्कासी जीपको ब्रेक फेल हुदा दुर्घटना भएको घाइते कृष्ण थापाले बताए । घाइतेहरुको बुटवलको लुम्बिनी अञ्चल अस्पताल, चौराह अस्पताल, भैरहवाको मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दीपक ज्ञवाली, बुटवल