काभ्रे बस दुर्घटना: मृत्यु हुनेको संख्या ३१ पुग्यो, हेलिकप्टरबाट घाइतेको उद्धार
काभ्रेमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ।
काठमाडौंबाट दोलालघाटतर्फ जाँदै गरेको बा.३ ख. १०६ नम्बरको बस काभ्रेको विर्तादेउरालीमा दिउँसो करिब १ बजे दुर्घटना भएको थियो।
घटनास्थलबाट ३१ वटा शव निकालिएको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी काठमाडौं लगेको छ । उद्धारको काम अझै जारी छ ।
घटनास्थलमा ठूलो पानी परेका कारण उद्धारमा समेत कठिनाइ भएको थियो ।
३६ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइएको छ भने बाँकीलाई एम्बुलेन्सबाट नजिकको अस्पतालमा पठाइएको छ ।
बसमा कम्तिमा ८० जना रहेको अनुमान छ।