सुन तस्करीको आरोपमा एसएसपी खत्री पक्राउ
सुन तस्करीमा मिलेमतो भएको आरोपमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री प्रहरी मुख्यालयबाटै प्रक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २३ माघ दिउसो एसएसपी खत्रीलाई प्रहरी मुख्यालयबाट पक्राउ गरेको हो । एक महिना अघि त्रिभुवन विमानस्थलबाट बाहिरिदै गरेको ३३ किलोग्राम सुन सीआईबीले बरामद गरेको थियो । त्यसबेला विमानस्थलमा कार्यरत खत्री केही दिन अघि प्रहरी मुख्यालय झिकाइएका थिए ।
अनुसन्धानका क्रममा सुन तस्करीमा उनको मिलेमतो भेटिएपछि पक्राउ गरिएको सीआईबी स्रोतले हिमाल खबरलाई जानकारी दिएको छ ।