वीरगञ्ज अस्पतालबाट चोरी भएको शिशु फेला पर्यो
जियालाल साह, वीरगञ्जबाट
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट २१ माघ दिउँसो चोरी भएको शिशुु पर्साको बेलवाबाट फेला परेको छ ।
प्रहरी उपरीक्षक गोविन्द शाह नेतृत्वको टोलीले उक्त शिशुको उद्धार गरी अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
उक्त बच्चालाई पर्सा भिष्वाकी २७ वर्षीया लालसादेवी साहले चोरी गरी बेलवामा लुकाइराखेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज उपमहानगरपालिका–१ छपकैयाकी आशा देवी पासवानको नवजात शिशु २१ माघ दिउसो २ बजे प्रस्तुति गृहबाट चोरी भएको थियो । बिहान १०ः४० बजे शिशुलाई जन्म दिएपछि आशालाई २ बजे अस्पतालको वेडमा सारिएको थियो ।
रक्तस्राव हुन थालेपछि उपचार गराउन प्रसुति वार्डमा लगेको केही बेरमै अस्पतालको अर्को वेडमा रहेकी अपरिचित महिलाले शिशुलाई खेलाउदै बाहिर लगेकी थिइन । “पैसा दिएर दुध र बिस्कुट किकेर ल्याइदेउ भनिन् । किनेर ल्याउदा लगेर भागिछन” कुरुवा बसेकी आशाकी भाइबुहारी खुश्वुले भनिन् ।