उपचार अभावमा सुत्केरीको मृत्यु
आवश्यक प्रसुति सेवा नपाउँदा जाजरकोटमा एक सुत्केरीको ज्यान गएको छ । नायकवाडा २ जिरीकी ३४ वर्षीया बसन्ता बिकको उपचार अभावमा ज्यान गएको हो ।
शिशु जन्मिएको एक घन्टासम्म सालनाल नझरेपछि अत्याधिक रक्तस्रावका कारण उनको ज्यान गएको स्थानीय शिक्षक मीनराज सिंहले जानकारी दिए ।
सबैभन्दा नजिकको स्वास्थ्य चौकी २ घण्टा पैदल दुरीमा रहेको र त्यहा पनि भरपर्दो प्रसुति सेवा नपाईने भएकोले नलगिएको पति देवीलाल बिकले बताए ।
नवजात शिसुको स्वास्थ्य अवस्था भने सामान्य छ ।
स्वास्थ्य संस्था साथै चेतनाको अभावमा समेत यहाँका महिलाहरु घरमै सुत्केरी हुँदा उनीहरुको ज्यान जोखिममा पर्ने गरेको छ ।
घटनास्थल सदरमुकाम बाट दुई दिनको पैदल दुरीमा पर्छ ।
राजेन्द्र कार्की, जाजरकोट