अस्पतालबाट चोरिएको शिशु अझै भेटिएन
नारायणी उप–क्षेत्रीय अस्पताल, वीरगञ्जको प्रसूतिगृहबाट २१ माघमा चोरी भएको नवजात शिशु एक दिन वितिसक्दा पनि भेटिएको छैन् ।
वीरगञ्ज उपमहानगरपालिका–१ छपकैयाकी आशा देवी पासवानको नवजात शिशु २१ माघ दिउसो २ बजे प्रस्तुति गृहबाट चोरी भएको थियो । बिहान १०ः४० बजे शिशुलाई जन्म दिएपछि आशालाई २ बजे अस्पतालको वेडमा सारिएको थियो ।
रक्तस्राव हुन थालेपछि उपचार गराउन प्रसुति वाडमा लगेको केही बेरमै अस्पतालको अर्को वेडमा रहेकी अपरिचित महिलाले शिशुलाई खेलाउदै बाहिर लगेकी थिइन । “पैसा दिएर दुध र बिस्कुट किकेर ल्याइदेउ भनिन् । किनेर ल्याउदा लगेर भागिछन” कुरुवा बसेकी आशाकी भाइबुहारी खुश्वुले भनिन् ।
शंकाको अधारमा १२ जनालाई पक्राउ गरेर सोधपुछ गरेपनि कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ । खोजि भइरहेको पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशिले बताए ।
जियालाल साह, वीरगञ्ज