आविष्कार केन्द्रलाई रु १२ लाख ५५ हजार सहयोग
सामाजिक अभियन्ता महावीर पुनले स्थापना गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई अमेरिकाको न्यूर्योकमा बसोबास गर्ने म्याग्देलीहरूले रु १२ लाख ५५ हजार २ सय प्रदान गरेका छन् ।
न्युर्योकमा बसोबास गर्ने म्याग्देलीहरूको संस्था म्याग्दी समाज न्यूर्योक (यूएसए)ले अमेरिकाका विभिन्न स्थानमा रहेका म्याग्देलीहरुबाट आर्थिक सहयोग सङ्कलन गरी सो रकम केन्द्रको खातामा जम्मा गरिएको समाजका सचिव याम पुनले जानकारी दिए ।
‘अभियानमा सहभागी सबैलाई धन्यवाद दिन्छौँ, नेपाली सन्ततीका लागि केन्द्र कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ’ सचिव पुनले भने, " विज्ञान र प्रविधिको विकास नभएसम्म नेपालको विकास र समृद्धि हुन सक्दैन् ।"
रासस