तत्काल स्थानीय निर्वाचन घोषणा गर्नुपर्छः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् ।
किङकम स्पोर्टस क्लबले आयोजना गरेको उपत्यकास्तरीय ब्याडमिन्टन प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै नेता सिंहले भने, "छोटो समयमा तिनवटै तहको निर्वाचन गर्नुपर्ने भएकाले सरकाले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्दछ ।”
समयम} तीन तहको निर्वाचन नभए अहिलेसम्मका उपलब्धि गुम्न सक्ने भन्दै उनले दलहरु एक भएर निर्वाचनमा जानुपर्ने बताए । भने " कुनै पनि बहानामा निर्वाचन रोक्न खोज्यो भने त्यो कांग्रेसलाई मान्य हुँदैन ।"
१५ दिनसम्म चल्ने ब्याडमिन्टन प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३६ टोलीले भाग लिएका छन् ।
रासस