बैतडीको वृन्दावनमा बस दुर्घटना, तीन जनाको मृत्यु
कैलालीको धनगढीबाट बझाङ जादै गरेको बस बैतडीको सिद्धेश्वर गाविस–३ वृन्दावनमा दुर्घटना हुँदा तीन* जनाको मृत्यु भएको छ ।
आज, ३१ साउन दिउसो ना. ५ ख. २८३२ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र १५ जना घाइतेलाई उद्धार गरी उपक्षेत्रीय अस्पताल बैतडीतर्फ पठइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खोड्पे ईलाका प्रहरी कार्यालयबाट खटकिएको प्रहरी टोली र स्थानीयले उद्धार गरेका छन् ।
यसअघि खोड्पे प्रहरीचौकीबाट घटनास्थलमा उद्धारमा खटिएका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले घटनास्थलमा नै पाँचजनाको मृत्यु भइसकेको जानकारी दिएको भए पनि जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले तीनजनाको मात्रै मृत्यु भएको पुष्टि गरेका छन् ।
*सच्याइएको