काभ्रेमा बस दुर्घटना, कम्तिमा २८ जनाको मृत्यु
काभ्रेको विर्तादेउराली नजिक खहरेखोलामा बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट दोलालघाटको मादनकुडारी जाँदै गरेको बा.३ ख १०६ नम्बरको यात्रुबाहक बस कोशीपारी खहरेखोलामा सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । काभ्रेका पत्रकार मोतिराम तिमिल्सनाका अनुसार बसभित्र धेरै मान्छे च्यापिएका छन् । बसमा छ्तमा समेत गरी कोचाकोच यात्रु थिए ।
ठूलो मानवीय क्षति भएको खबर आएको तर संख्या एकिन भइनसकेकोले आफूसमेत त्यसतर्फ जाँदै गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
मृतक र घाइते हुनेहरु अधिकांश कात्तिके देउराली, विर्तादेउराली र मादनकुँडारी गाविसका छन् ।