प्रमद्वारा संविधानविद्सँग परामर्श
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा १९ माघमा भएको परामर्शमा उनले आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउन कानुनविद्हरुसँग आवश्यक सुझाव मागेका हुन ।
आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानुनी व्यवस्थाबारे संविधानविद्सँग राय माग गर्दा उनीहरुले आवश्यक अध्ययन गरेर सुझाव दिने कुरा राखेका थिए ।
सरकारले तोकेको मापदण्ड र कार्यदेशअनुसार सुझाव मात्रै पेस गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव कानुनविद्हरुको थियो ।
महान्यायाधीवक्ता तथा सरकारको कानुनी सल्लाहकार रमणकुमार श्रेष्ठ, नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसी, बारका महासचिव खम्बबहादुर खाती, अविधक्ता सुरेन्द्र महतो, दीपेन्द्र झालगायको उपस्थिति थियो । रासस