राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा १९ माघ बिहान ११ः३५ बजे वसन्त श्रवण गरेकी छन् ।
समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।
नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरेका थिए ।
वसन्त पञ्चमीको दिनबाट नयाँ ऋतुको सुरुवात हुने त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने विश्वास रहिआएको छ ।