गाँजासहितको कार नियन्त्रणमा, चेकजाँचकै क्रममा चालक र अन्य व्यक्ति फरार
प्रहरीले धनुषाको लक्ष्मिनियाँ बजारमा ६६ केजी गाँजासहितको कार नियन्त्रणमा लिए पनि चेकजाँचकै क्रममा भ्यानमा सवार व्यक्ति र चालक भने फरार भएका छन् ।
प्रहरीले जनकपुर महेन्द्रनगर सडकखण्ड अन्तगर्त धनुषाको लक्ष्मिनियाँ बजारमा ३० साउन बिहान चेकजाँचको क्रममा डिक्कीमा गाँजा राखेको कार नियन्त्रणमा लिएको थियो ।
अस्थायी प्रहरी पोष्ट लक्ष्मिनियाँका प्रहरी सहायक निरिक्षक हरेराम यादवका अनुसार प्रहरीले कारको डिक्की खोलेर गाँजा राखिएको पोका फुकाउन थालेपछि कारमा सवार व्यक्ति र चालक फरार भएका हुन् ।
उनीहरु मोबाइलमा कुरा गरेको बहाना बनाउँदै तर्किएका उनीहरु तुरुन्तै फरार भएका थिए ।
फरार भएकाहरुको खोजी कार्य जारी रहेको धनुषाका प्रहरी नायब उपरिक्षक नकुल पोखरेलले जनाए ।
बा ११ च ३६०६ नम्बरको कारको डिक्कीमा ११ वटा पोका बनाएर राखिएको ६६ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाडीसहित गाँजा जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको र सबारीधनीबारे सोधखोज भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।
ईश्वरचन्द्र झा, जनकपुर