एनबीको गौरब बचत खाता
नेपाल बंङ्गलादेश बैंक लिमिटेडले ‘एनबी गौरव बचत खाता’ सञ्चालनमा ल्याएको छ । साउन अन्तिम सातादेखि ल्याएको यो खाताअन्तर्गत मौज्दात रकम अनुसारको व्याजदर प्रदान गरिन्छ ।
योजनामा सहभागी हुन न्यूनत्तम मौज्दात रु. एक लाख राख्नुपर्ने ब्याङ्कले जनाएको छ । धेरै मौज्दातमा धेरै र थोरै मौज्दातमा थोरै व्याजदर रकम निर्धारण गरिएको छ । योजनामा नयाँ तथा पुराना ग्राहक सहभागी हुन पाउने पनि बैंकले उल्लेख गरेको छ ।
एनबी गौरब बचत खाता खोलेका ग्राहकलाई भिषा कार्ड जारी खर्च नलाग्ने, मोबाइल बैंकिङ्ग, अनलाइन बैंकिङ्ग पनि निशुल्क गरिएको छ ।
यसैबीच नेपाल बंगलादेश बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा आफनो बित्तिय अवस्थामा उल्लेखनीय सुधार गरेको छ । बैंकको चौथो त्रैमासिक बित्तिय बिवरण अनुसार कुल मुनाफा रु. १.१९८ अर्ब रहेको छ ।