इनफोकस इपिक वान स्मार्टफोन बजारमा
प्रिज्म टेक्नोलोजिजले नयाँ स्मार्टफोन इनफोकस इपिक वान बजारमा ल्याएको छ । यो अमेरिकामा स्थापित ब्रान्ड इनफोकस सेरिजको नयाँ स्मार्टफोन हो ।
आकर्षक डिजाइन र उत्कृष्ट विशेषतासहितको इनफोकस इपिक वान स्मार्टफोन १० कोर प्रोसेसर भएको पहिलो स्मार्टफोन भएको जनाएको छ । यसमा ३० प्रतिशत ब्याट्री पावर सुरक्षित रहने जनाएको छ । त्यस्तै ५.५ इन्चको एलटिपिएस फूल एचडी गोरिल्ला ग्लास प्रयोग गरिएको छ ।
सेल्फी एक्सपर्ट मानिएको यो स्मार्टफोनमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा र १६ मेगापिक्सलको रियर क्यामरा रहेको छ । ३ जीबीको ¥याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । यसको मूल्य रु. ३१ हजार ९९० रहेको छ ।
यस अघि प्रिज्म टेक्नोलोजिजले इनफोकस सेरिजका एम ८०८ आई, एम ६८०, बिन्गो २०, एम ३७० आई लगायतका मोडल बजारमा ल्याएको थियो ।