रियो ओलम्पिकः उसेइन बोल्टले बनाए इतिहास
विश्वका सबैभन्दा तीव्र गतिका धावक उसेइन बोल्टले सय मिटरको रियो ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास बनाएका छन् ।
जमैकाका खेलाडी बोल्टले ९ दशमलव ८१ सेकेन्डमा यो दौड पार गरेका हुन् ।
उनले लगातार तेस्रो पटक यो उपाधि जितेका हुन् ।
यो उनको सातौं ओलम्पिक जित समेत हो ।
सय मिटर दौडमा अमेरिकाका गेटलिन दोस्रो र र क्यानाडाका ग्रास तेस्रो नम्बरमा आए ।
बोल्टका बाबु वेलेस्ली बोल्टले उसैनलाई सानै देखि जित्ने बानी रहेको र खेलमा हारेपछि रुने गरेको बताएका छन् ।