प्याराग्लाइडिङ दुर्घटनामा घाइते पाइलटको मृत्यु
पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी बेलायती सोलो प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको छ ।
पोखराको सराङकोटबाट उडान भरेका बेलायत लिभरपुलका ६८ वर्षीय मिचाइल पिटर व्ल्यानचार्ड प्याराग्लाईडिङको क्रममा ९ माघ दिउँसो घाइते भएका थिए । उनको उपचारका क्रममा मेट्रो सिटी अस्पतालमा मत्यु भएको प्रहरीले जनाएको छ ।
पिटरले उडान भरेको केहि समयमै प्याराग्लाइडिङ अनियन्त्रित भई रुखमा ठोक्किन पुगेको थियो । ८ माघमा काठमाण्डौं आएका पिटरले ९ माघमाा नेपाल नागरिक उड्डयन कार्यालय, पोखराबाट सोलो प्याराग्लाइडिङको अनुमति लिएका थिए ।
हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोवित बानियाले आधिकारिक रुपमा प्याराग्लाइडिङ गर्दा राम्रोसँग अनुगमन नगरी उडाउन दिदा यस्ता घटना हुने गरेको बताए । यसअघि विदेशी तथा स्वदेशी ६ जना सोलो प्याराग्लाईडिङ पाइलटको मृत्यु भइसकेको छ ।
युवराज श्रेष्ठ, पोखरा