नेपाल साहित्य महोत्सवः को को जादैछन् पोखरा ?
नेपाल साहित्य महोत्सव २०१७ को तयारी पुरा भएको छ । चार दिनसम्म चल्ने महोत्सवमा देश–विदेशका लेखकहरुको सहभागिता रहने छ ।
पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्ड परिसरमा १४–१७, माघमा हुने महोत्सवमा देश–विदेशका दर्जनौं लेखकहरुको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा सहभागि हुने लेखक, चार दिनसम्म चल्ने बहस सहितको तालिका सार्वजनिक गरिएको छ । महोत्सवको तयारी लगभग पुरा भएको महोत्सव निर्देशक अजित बराजले जानकारी दिए ।
बुकवर्म फाउन्डेसनले २०११ देखि नेपाल साहित्य महोत्सव आयोजना गर्दै आएको छ । चार वटा महोत्सवमा काठमाडौंमा गरेको बुकवर्मले पाँचौ महोत्सव पोखरामा गरेको थियो । यस पटक पोखरामा आयोजना हुन लागेको महोत्सवमा देश–विदेशका लेखक तथा पाठकले विविधि विषयमा बहस गर्नेछन् ।
चार दिनसम्म चल्ने महोत्सवमा भारतीय लेखक उदय प्रकाश, दुर्जय दत्त र रामचन्द्र गुहा सहाभागि हुने आयोजकले जनाएको छ । त्यस्तै आख्यानकार धु्रवचन्द्र गौतम, शिक्षाविद् केदारभक्त माथेमा, बैरागी काइला, चैतन्य मिश्र, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहने भएको छ ।
महोत्सव तालिकाः