महिला क्रिकेटः काठमाडौंद्वारा सर्लाही ७ विकेटले पराजित
बाराको कलैयामा जारी वीपी स्मृती कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता अन्र्तगत ६ माघमा भएको खेलमा काठमाडौं विजयी भएको छ ।
कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले सर्लाहीलाई सात विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको सर्लाहीले १८ ओभर एक बल खेल्दै सबै विकेट गुमाएर ६९ रन बनायोे ।
७० रनको लक्ष्य पछ्याएको काठमाडौंले १५ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
२१ रन बनाएकी काठमाण्डौंकी आरती बिडारी वुमेन अफ द म्याच घोषित भइन । हारसंगै सर्लाही प्रतियोगिताबाट बाहिरिएको छ ।
७ माघमा लिग चरणको अन्तिम खेलमा काठमांडौ र बाराबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सुवास जयसवालले जानकारी दिए ।
कलैया क्रिकेट क्लब र युवा साझेदारी केन्द्र बाराले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा बारा, सर्लाही र काठमाडौंका क्रिकेट टिम सहभागी छन् ।
सुरेश बिडारी, वीरगञ्ज