कलैयामा टी–२० क्रिकेट सुरु
सोबिज मेडिया ग्रुप वी.पी. स्मृती कप टी–२० महिला क्रिकेट प्रतियोगिता५ माघदेखि सुरु भएको छ ।
उद्घाटन खेलमा सर्लाही क्रिकेट टिमलाई ९ रनले पराजित गर्दै बारा क्रिकेट टिम विजयी भएको छ । टस जितेर व्याटिङ रोजेको बाराले बाराले २० ओभरको खेलमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।
सर्लाही क्रिकेट क्लब १८.३ ओभरमा सबै विकेट गुमाएर मात्र ९२ रनमै समेटियो । प्रतियोगितामा सर्लाही क्रिकेट क्लबकी ममता चौधरी पर्सन अफ द म्याच भइन् ।
प्रतियोगिताका संरक्षक नेपाली कांग्रेसका सांसद लालबाबु सिंह र बाराका स्थानीय विकास अधिकारी भरत बहादुर ढुङ्गानाले उद्घाटन गरेका थिए ।
कलैया क्रिकेट क्लब र युवा साझेदारी केन्द्र, बाराले संयुक्त रुपमा आयोजना गरेको त्रिकोणीय प्रतियोगितामा बारा, सर्लाही र काठमाडौंको टोली सहभागि रहेको रेको कलैया क्रिकेट क्लबका अध्यक्ष उदित गुप्ताले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज