हिमालय एअरलाइन्सद्वारा दुई नयाँ गन्तब्य घोषणा
हिमालय एअरलाइन्स्ले मलेसियाको क्वालालाम्पुर र म्यानमारको याङ्गुनमा उडान सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । क्वालालाम्पुरमा २८ माघ र याङगुनमा १३ फागुनदेखि उडान शुरु हुने एअरलाइन्स्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्वालालाम्पुरमा हप्ताको पाँच दिन तथा याङ्गुनमा दुई दिन उडान भर्ने एअरलाइन्स्ले जनाएको छ । काठमाडौ(क्वालालम्पूर(काठमाडौको लागि शुरुवाती टिकट दर रु. २५ हजार ३७५ र क्वालालम्पूर ( काठमाडौ( क्वालालम्पूरको लागि ९२८ मलेसियन रिङ्गिट (राउण्ड ट्रिप) भाडा दर तोकिएको छ ।
त्यसैगरी काठमाण्डौ(याङगुन(काठमाण्डौको लागी रु.२९ हजार ६०० (राउण्ड ट्रिप) र याङगुन(काठमाण्डौ(याङगुनको लागी ३२० डलर (राउण्ड ट्रिप) भाडा दर निर्धारण गरेको छ ।