पुँजीगत खर्च हालसम्म ११ प्रतिशत मात्र
चालु आर्थिक वर्षको अहिलेसम्म पुँजीगत खर्च ११ प्रतिशत मात्र हुन सकेको छ ।
आज पोखरामा आयोजित एक गोष्ठीमा मुख्य सचिव डा सोमलाल सुवेदीले खर्चबारे जानकारी दिँदै पूर्वाधार योजनाको पुँजीगत खर्च बढाउन त्यससँग सम्बन्धित कार्यालयका प्रमुखसँग आग्रह गरे ।
मुख्य सचिवले संविधान कार्यान्वयनमा निजामती प्रशासन बढी चनाखो भएर निपुणता देखाउनुपर्नेमा जोड दिए ।
उनका अनुसार वार्षिक रुपमा रु एक लाखभन्दा बढी नयाँ योजना थपिने र ती योजनामा बजेट माग हुने गरेको छ । अधुरा योजना सकेर मात्रै नयाँ योजनाको सुरुआत गर्नुपर्ने उनको भनाइ छ ।
क्षेत्रीय प्रशासक खगराज बरालले निजामती कर्मचारी शासक नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश ४ नं अन्तर्गतका प्रजिअ, स्थानीय विकास अधिकारी र सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखको सहभागिता थियो ।