नबिल ब्याङ्कलाई आश्बा सदस्यता
नेपाल धितोपत्र बोर्डले नबिल ब्याङ्कलाई आश्बा (अकाउन्ट सर्पोटेड बाई ब्लक्ड अकाउन्टस्) सदस्यता प्रदान गरेको छ । नबिल ब्याङ्कको आश्बा सदस्यताबाट ब्याङ्कले आफ्ना ग्राहकहरूलाई शेयर बाँडफाँड पश्चात चेक सकंलन गर्ने, फिर्ता गरेको चेक संकलनमा ढिलाई हुने लगायतका झन्झटबाट मुक्त पार्ने ब्याङ्कले जनाएको छ ।
नबिलका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आश्बा सदस्यता सेवाले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने बताएका छन् ।
आश्बा प्रणालीमा शेयर तथा धितोपत्रको कारोबार गर्दा आवेदन फारममा माग गरिएको संख्याको आधारमा आवश्यक रकम ब्याङ्क खातामा रोक्का जनाइ आवेदकको खातामा नै राखिन्छ । उक्त रकम शेयरको बा“डफ“ाड पश्चात खाताबाट आवश्यक रकम कट्टा गरी बा“की रकम खातामा फुकुवा गरिन्छ ।