निर्वाचनका लागि तयार रहन निर्देशन
कावा प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र नीधिले तीनवटै तहको निर्वाचनका लागि तयार रहन निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा ३ माघमा भेला भएका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उनले निर्वाचनका सम्बन्धमा देखिएका राजनीतिक असहमति राजनीतिक तहबाटै निरुपण गर्ने प्रयत्न भईरहेको बताए । उनले निर्वाचन कार्यालयले गरिरहेको कामहरुको बारेमा पनि जानकारी लिएका थिए ।
त्यस्तै कावा प्रधानमन्त्री नीधिले विकासका काम गर्ने सरकारी निकायहरुबीच समन्वय गर्दै अगाडी बढ्न निर्देशन दिएका छन् । उनले विकासे कार्यालयलाई पूँजिगत खर्च बढाउन समेत निर्देशन दिएको प्रेस संयोजक रामजी दहालले जानकारी दिए ।
सरकारी कार्यालयले सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिएका नीधिले आईसीपी, सुख्खा बन्दरगाहा, हुलाकी राजमार्गलगायत विकास निर्माणका कामका बारेमा चासो राखेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज