राष्ट्रपतिकी छोरीको विवाहमा पूर्व राजा ज्ञानेन्द्र
तस्वीरः किरण नेपाल/हिमालखबर
राष्ट्रपति विद्या भण्डारीकी छोरीको विवाहमा सहभागि हुन पूर्व राजा ज्ञानेन्द्र शाह पनि शीतल निवास पुगेका छन् ।
राष्ट्रपति भण्डारीकी छोरी निताकुशुम र पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिशेषको विवाहमा सहभागि हुन पूर्व राजा ज्ञानेन्द्र शीतल निवास पुगेका हुन । ३ माघ दिउँसो साढे १२ बजे शीतल निवास पुगेका पूर्वराजाले बेहुलाबेहुलीलाई शुभकामना दिएका थिए । बेहुलाबेहुलीसँगै राष्ट्रपति भण्डारी, पूर्वराजा ज्ञानेन्द्रले फोटो खिचाएका थिए ।
बेहुलाबेहुलीलाई शुभकामना दिएपछि अतिथिहरुका लागि छुट्याएको स्थानमा गएर बसेका थिए । उनी पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा बसिरहेकै स्थानमा गएर बसेका थिए । चिया पिउदै उनीहरुसँग केही समय कुराकानी गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र १० मिनेट जति विवाह स्थलमा बसेका थिए ।
शीतल निवासमा आयोजित विवाह समारोहमा पूर्व प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता सहभागि छन् ।