यले–तङवे ५०७७ मनाइँदै
पूर्वी नेपालमा वसोवास गर्ने लिम्बू समुदायले शनिवार धुमधाम साथ किराँत नया वर्ष मनाएका छन् ।
मकर संक्रान्ती र माघी पर्वसँगै किराँत लिम्वूहरुको नयाँ वर्ष अर्थात यले तङ्गवे ५०७७ माघ १ गते अर्थात आजदेखि शुरु भएको हो ।
यो सम्बत नेपालमा हाल प्रचलित विक्रम सम्वतभन्दा ३ हजार ४ वर्ष जेठो छ । यलेतङ्गवे किराँती राजा यलम्वरले शुरु गराएको मानिन्छ ।
किराँत उक्तिमा प्रचलित र इतिहासहरुमा उल्लेख गरिए अनुसार यस सिजनमा बहुमुल्य र दुर्लभ मानिने चाँप फुल्ने भएकाले यले तङबेलाई कक्फेवा तङनाम पनि भनिन्छ ।
लिम्वू भाषामा कक भनेको चाँप, फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन अर्थात ककफेवा तङनाम भनेको चाँप फुल्ने सिजन हो ।
किराँत नयाँ वर्ष अर्थात ककफेवा तङनाम मकर संक्रान्तीकै दिनदेखि शुरु हुन्छ ।
किराँत यले तङवमा लिम्बू जातिको बाहुल्यता रहेका पुर्वी पहाडीपाँचथरसहित, तेहथुम, ताप्लेजुङ, इलाम, झापा, धनकुटा लगायतका जिल्लामा भव्यतापूर्वक मनाइन्छ ।
यो अवसरमा पाँचथरका विभिन्न किराँत मन्दिरहरुमा पूजा(पाठ तथा वनभोज र साँस्कृतिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
लिम्वूहरुले नयाँ वर्ष भनेझैं यो पर्वलाई थारु समुदायले माघी र मगर समुदायले माघे संक्रान्तिका रुपमा मनाउँछन् ।
लक्ष्मी गौतम, पाँचथर