सवारी दुर्घट्नामा ८ घाइते
पाँचथरको फिदिममा जीप दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन् ।
ताप्प्लेजुङबाट विर्तामोडतर्फ जाँदै गरेको मे १ ज २५४६ नं. को ट्याक्सी (जीप) आज विहान करिब १०ः३० वजे पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा ताप्लेजुङको नाङखोल्याङ– का ३९ वर्षीय चालक देवान दोर्जे तामाङ, लिवाङ–८ की ५० वर्षीया नैनकला कार्की, लेलेप–१ का २० वर्षीय रोशन लिम्बु, पाँचथर याङनाम–१ का २२ वर्षीय रुद्र लुहार, मोरङ डाँगीहाट–४ का २० वर्षीय चुवन खड्का, तेह्रथुम सोल्मा– १ का ३० वर्षीय सरोज खनाल, मोरङ भाउन्ने–४ का २३ वर्षीय जीवन खड्का र २४ वर्षीय पोष्टबहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
चालक सहित दुई जना सख्त घाइते रहेको पाँचथर अस्पतालले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले घाईतेहरुको उद्धार गरेको थियो ।
घाइतेहरु सवैलाई झापा मोरङ र सुनसरीका सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ ।
लक्ष्मी गौतम, पाँचथर