नेपाल फिफा वरियतामा ६ स्थान उक्लियो
फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थानमाथि उक्लदै दक्षिण एशियामा तेस्रो स्थानमा आएको छ ।
गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अहिले १७५ औँ स्थानमा छ ।
त्यस्तै फिफा वरियतामा १२९ औं स्थानमा रहेको भारत दक्षिण एशियाको पहिलो स्थान तथा माल्दिभ्स १४५ औं स्थानका साथ दक्षिण एशियामा दोस्रो स्थानमा छ । त्यस्तै भुटान नेपालभन्दा एक स्थानमुनि अर्थात् १७६ औं स्थानमा छ ।
पाँचौ स्थानमा खस्किएको बङ्गलादेश वरियताको १९० औं स्थानमा छ । दक्षिण एशियाका श्रीलङ्का र पाकिस्तान क्रमशः १९६ औं र १९७ औँ स्थानमा छन् । अफगानिस्तान पाँच स्थान खस्कँदै १५१ औँ स्थानमा पुगेको छ ।
फिफा वरियतामा पहिलो स्थानमा अर्जेन्टिना, दोस्रामा ब्राजिल तथा तेस्रामा जर्मनी छन् ।