रिलायन्सको साधारणसभा सम्पन्न
रिलायन्स फाइनान्स लिमिटेडको सातौं वार्षिक साधारणसभा २६ पुसमा ट्रेड टावर, थापाथलीमा सम्पन्न भएको छ ।
सभामा प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका संचालक समिति अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले आ.व. २०७२÷७३ मा खुद मुनाफा रु. ८ करोड ६५ लाख २६ हजार भएको जानकारी दिए ।
बैंकको अधिकृत पूँजी रु.८० करोड, जारी पूँजी रु.७१ करोड ३१ लाख ४२ हजार ९ सय र चुक्ता पूँजी रु.४४ करोड ५७ लाख १४४ पुगेको छ । अहिले संस्थापक तथा सर्वसाधारण शेयर अनुपात ५१ः ४९ रहेको छ ।
संचालकमा संस्थापकतर्फ सुर कृष्ण बैद्य, रवि कृष्ण श्रेष्ठ र विष्णुमान जोशी तथा सर्वधारणतर्फ राजिब विक्रम शाह र कुशल मल्ली रहेका छन् । विशेषज्ञ संचालकमा बसन्त बहादुर शाक्य छन् ।
साधारण सभाले सर्वधारणतर्फबाट शंकर राज गौतमलाई सञ्चालक निर्विरोध निर्वाचित गरेको छ ।