शालिनदीमा स्वस्थानी ब्रत (फोटो फिचर)
सबै तस्वीर: गोपेन राई/हिमालखबर
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि शुरु भएको छ ।
एक महिना चल्ने स्वस्थानी ब्रतका बेला बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
स्वस्थानीका अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेग साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ ।
माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा मनोकांक्षा पूर्ण हुने जनविश्वास छ ।
यो मेलामा महिला पुरुष गरी २०३ जना एक महिने व्रत बसेको श्री माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले जनाएको छ । १८८ महिला र १५ पुरुष यस वर्ष सालीनदीमा व्रत बसेका छन् ।
श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिका अध्यक्ष राजुभाई मानन्धर यस वर्ष पुस २८ गतेदेखि माघ २८ सम्म २० लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्नसक्ने गरी तयारी गरिएको बताउँछन् ।