संविधान संशोधन विधेयकको विरोधमा तौलिहवामा प्रदर्शन
संविधान संशोधन विधेयकको विरोधमा कपिलवस्तुको तौलिहवामा प्रदर्शन भएको छ ।
नेकपा एमालको नेतृत्वमा भएको प्रदर्शनमा सत्तारुढ नेपाली कांग्रेस सहित अन्य दलहरुका नेता–कार्यकर्ता र स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
र्यालीपपछि आयोजित विरोध सभालाई संवोधन गर्दै नेकपा एमालेका नेता रघुवीर महासेठले संशोधन विधेयकलाई कुनै हालतमा पारित हुन नदिने भन्दै राष्ट्रिय अखण्डता, जातीय सद्भाव, आपसी भाईचारा अभिबृद्धिका लागि पहाड र मधेश मिश्रित प्रदेश निर्माण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डोलकराम घिमिरे, एमाले नेता खिमलाल भट्राई, सांसद्वय बलराम अधिकारी, विश्रामप्रसाद थारु, पूर्व सभासद् शान्ति देवी हरिजन लगायतले संवोधन गरेका थिए ।
गाउँगाउँबाट सदरमुकाम तौलिहवा आएका प्रदर्शनकारीहरु स्थानीय खेल मैदानमा जम्मा भई तौलिहवा बजार परिक्रमा गरी विरोध सभामा सहभागी भएका थिए ।
गोपाल भण्डारी, कपिलवस्तु