पुनर्निर्माण प्राधिकारणमा गोविन्द पोखरेल नियुक्त
सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवालीलाई सीईओ पदबाट बर्खास्त गरी पोखरेललाई नियुक्त गरेको सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
केपी ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुखमा नियुक्त गरेका ज्ञवालीलाई वर्तमान सरकारले उनको काम चित्त बुझ्दो नभएको भन्दै यसअघि दुई पटक स्पष्टिकरण सोधेको थियो।
स्पष्टिकरण चित्त बुझ्दो नभएपछि ज्ञवालीलाई पदबाट हटाइएको मन्त्री कार्कीले बताए ।
राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्ष समेत रहेको पोखरेल ज्ञवाली नियुक्त हुनुअघि नै प्राधिकरणको सीईओमा नियुक्त भए पनि
अध्यादेशमार्फत भएको उनको नियुक्तिे संसदले अध्यादेश पारित नगर्दा खारेज भएको थियो।