ग्यास उद्योगविरुद्ध डिलर व्यावसायी आन्दोलनमा
ग्यास उद्योगहरूले कमिसन घटाएको भन्दै डिलर ब्यावसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यावसायीहरुले २६ पुसमा बुटवलमा रहेका ग्यास उद्योगहरुमा धर्ना दिए । डिलरहरुले २० पुसदेखि उद्योगबाट ग्यास उठाएका छैनन् ।
उद्योगहरुले यसअघि दिदै आएको प्रति सिलिण्डर रु. ५० कमिसन घटाएर रु. ३२ मा झारेको ग्यास बिक्रेता संघ बुटवलका अध्यक्ष प्रदिपप्रसाद पन्तले जानकारी दिए ।
रुपन्देहीमा सिद्धार्थ, त्रिशुल, बुटवल, स्वस्तिक र आरती गरी जम्मा पाँच वटा ग्यांस उद्योग छन् । रुपन्देहीमा ४ सय १७ वटा ग्यास डिलर छन् ।
दीपक ज्ञवाली, बुटवल