समाचारसोमवार, पौष २५, २०७३

मधेसको माग छिट्टै पूरा हुन्छ: अध्यक्ष ठाकुर

हिमालखबर

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा २५ पुसमा तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

अध्यक्ष ठाकुरले एमालेसहितका दलले संसद् अवरोध अथवा अन्य कुनै कार्यक्रम गरेर पनि अब मधेसलाई अधिकार प्राप्तिबाट रोक्न नसक्ने बताए ।

उनले वर्तमान संविधान अपूरो र अधुरो रहेको तथा कसैले पनि संविधानको गलत व्याख्या गरेर कसैको अधिकार प्राप्तिमा रोक लगाउन नसक्ने भएकाले मधेसले पाउनुपर्ने सबै अधिकार दिलाएरै विराम लिने बताए ।

उनले वर्तमान सरकारलाई संविधान संशोधनको विकल्प नरहेको र सबै नेपालीलाई समान हक अधिकार दिन संविधान संशोधन नगरी नहुने भएकाले छिट्टै संविधान संशोधन हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस