समाचारसोमवार, पौष २५, २०७३

सांसदहरुद्वारा स्थानीय निकाय निर्वाचन गर्न माग

हिमालखबर

व्यवस्थापिका–संसदको वैठक २५ पुस दिउसो १ बजेदेखि सुरु भएको छ । संसदको वैठकमा सांसदहरुले स्थानीय निकायको तत्काल निर्वाचन गर्न माग गरेका छन् ।

संसद् वैठकमा बोल्दै सांसद रामहरि खतिवडा र टिकाराम चेम्जोङले स्थानीय निकायको निर्वाचन तत्काल हुनु पर्नेमा जोड दिए । उनीहरुले लामो सयमदेखि स्थानीय निकायको निर्वाचन नहुदा सर्वसाधारणले भोग्नु परिरहेको कठिनाइका विषयमा चर्चा गरेका थिए ।

त्यस्तै सांसद उमेश यादवले स्थानीय तह पुनःसंरचना प्रतिवेदनको विरोध गरेका छन् । आजको वैठकमा स्थानीय तह निर्वाचन विधेयक २०७३, राष्ट्रिय महिला आयोग विधेयक २०७३ पेश गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिकृया दिनुहोस