सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको हो: प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति गरेर नै २४ पुसमा संसद्मा संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताएका छन् ।
प्रेस सेन्टर चितवनले २५ पुसमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको बताए ।
“उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एकखालको सहमति भएकै हो” प्रधानमन्त्री दाहालले भने– “हामीले एग्री टु डिसएग्री ग¥यौँ । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।”
बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उनले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताए ।
प्रधानमन्त्री दाहालले भने– “हामीबीचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन ।”