भारतीय अभिनेता ओम पुरीको निधन
भारतका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार ६६ वर्षीय ओम पुरीको आज, २२ पुस विहान मुम्बईमा हृदयघातका कारण निधन भएको हो ।
समानान्तर भनिने फरक धारका फिल्म, व्यवसायिक फिल्म, नाटक र टेलिभिजनमा समेत कुशल अभिनय गरेका ओमपुरीले हलिउडका फिल्ममा पनि अभिनय गरेका थिए ।
साधारण देखिने ओम पुरी आफ्नो अभिनय र संवाद संप्रेषणमा अव्वल मानिन्थे ।
सन् १९७६ मा ‘घासिराम कोतवाल’ बाट फिल्मी यात्रा शुरु गरेका ओम पुरीले ‘आक्रोश’, ‘सद्गति’, ‘अर्धसत्य’, ‘मिर्च मसाला’, ‘धारावी’ जस्ता फिल्मबाट प्रसिद्धि हासिल गरेका थिए ।