धावक मीरालाई रु २८ लाखसहित सम्मान
अल्ट्राम्याराथन धावक मीरा राईलाई सगरमाथा डोजाङ बेलायतको अगुवाईमा रु २८ लाख नगदसहित सम्मान गरिएको छ ।
बेलायतस्थित सगरमाथा डोजाङका प्रमुख तथा प्रशिक्षक राष्ट्र राईको अगुवाईमा बेलायतका किरात राई यायोक्खा, किरात युथ अर्गनाइजेसन, जोन मार्सल आर्ट एकेडेमी र भोजपुर समाजको सहभागितामा रु. ३० लाख संकलन भएको थियो ।
२१ पुषमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशब बिष्ट, एनआरएन युकेका उपाध्यक्ष समेत रहेका राष्ट्र राई र सांसद महेन्द्र सुब्बाले मिरालाई रु २८ लाख र उनका कराँते प्रशिक्षक ध्रुवविक्रम मल्ललाई रु दुई लाख सहित सम्मान गरे ।
सन २०१४ मा रोजगारीका लागि मलेशिया जाने तरखरमा रहकी मीरालाई रोकेर खेलमा फर्किन प्रेरित गर्दै मल्लले एकबर्ष आवास सहित कराते सिकाएका थिए ।
भोजपुरको सानोदुम्मा– ९ की २६ वर्षीया मीरा माओवादीकी पूर्व लडाकु पनि हुन ।
त्यसबलो सिन्धुली शिबिरमा रहेकी उनी अनमिनको प्रमाणिकरणमा ‘अयोग्य’ भई बहिगर्मनमा परेकी थिइन् ।
मीरा सन् २०१६ मा स्पेनमा भएको अल्ट्रा म्याराथन (८० किलोमिटर दौड) प्रतियोगिताकी विश्वच्याम्पियन हुन् ।
गोपाल गडतौला