लोकमानविरुद्धको मुद्दामा सुनुवाई शुरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई शुरु भएको छ ।
७ र ८ पुसमा बहस भएर ‘हेर्दाहेर्दै’ मा परेको उक्त मुद्दामा आज विपक्षीका वकिलहरु बहस गर्दैछन् । ७ पुसमा पक्षका वकिलहरुले बहस गरेका थिए भने ८ पुसमा विपक्षीतर्फका दुई जना वकिलहरुले बहस गरेका थिए ।
न्यायाधीशत्रय इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा रहेको उक्त मुद्दामा आज विपक्षीतर्फका थप वकिलहरुले बहस गरेपछि सम्भवतः बहसको क्रम पूरा हुनेछ ।