भारत फेरी साफ वुमेन्स च्याम्पियन
फाइनलमा बंगलादेशलाई पराजित गर्दै भारत लगातार चोथौ पटक साफ वुमेन्स च्याम्पियन बनेको छ । सिलगुडीस्थित कञ्चनजंगा रंगशालामा २० पुसमा भारतले बंगलादेशलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । समूह चरणमा भने भारत र बंगलदेशले गोलरहित बराबरी खेलेको थियो ।
सेमिफाइनलमा भारतले नेपाललाई पनि ३-१ गोल अन्तरले नै पराजित गरेको थियो ।
चार खेलमा १२ गोल गरेकी टीम नेपालकी सावित्रा भण्डारी टुर्नामेन्टकै सर्वाधिक स्कोर गर्ने खेलाडी भइन् । जम्मा १९ गोल गरेको नेपालले ३ गोल खाएको थियो ।