एक क्विन्टल गाँजासहित ट्रक नियन्त्रणमा
निजगढ प्रहरीले करिब एक क्विन्टल गाँजासहित एउटा ट्रक र मोटरसाईकल बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले ना ३ ख ८६६ नम्बरको ट्रकमा राखिएको गाँजा र उक्त ट्रकसँगै आइरहेको ना ३४ प ६९३६ नम्बरको मोटरसाईकललाई १९ पुस राती पूर्वपश्चिम राजमार्गको निजगढ–७ शहीद चोकबाट नियन्त्रणमा लिएको हो ।
मकवानपुरको चुनियाबाट महोत्तरीको बर्दिवास सम्म गाँजा पु¥याउन लागिएको हेटौंडा–२९ नेवारपानीका ४३ वर्षीय ट्रक चालक धनबहादुर लोले प्रहरीलाई बयान दिएका छन् ।
बरामद गाँजा ९१ किलोग्राम रहेको र सोबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।
श्याम गुप्ता, बारा