थप समाचारबुधवार, पौष २०, २०७३

नेपाली कांग्रेस महोत्तरी सभापतिमा पुन: राय

हिमालखबर

नेपाली कांग्रेस महोत्तरीको १३ औँ जिल्ला अधिवेशनबाट महेन्द्रकुमार राय पुनः सभापति पदमा निर्वाचित भएका छन् । 

१९ पुसमा सदरमुकाम जलेश्वरमा सम्पन्न मतदानको अहिले बिहान सम्पन्न मतगणना परिणामअनुसार आफ्ना प्रतिस्पर्धी नागेश्वर यादवलाई एकसय ४१ मतले पछि पार्दै राय जिल्ला सभापति पदमा निर्वाजित भएका हुन् । 

पछिल्ला २५ वर्षयता बीचको एक कार्यकालबाहेक सधैँ सभापति निर्वाचित हुँदै आएका रायले ५०२ मत प्राप्त गरेको दलको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रायका प्रतिस्पर्धी यादवले ३६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले जानकारी दिए । 

कुल ९३५ मतदातामध्ये ८९० जनाले मतदान गरेका थिए । मतदाताले मतदान गर्दा कतिपय पदमा मत जाहेर नगरेको पाइएको छ । 

त्यसैगरी, सचिवमा शम्भुनारायण पाठक र कोषाध्यक्षमा किशोर प्रितम निर्वाचित भएका छन् । यी दुवै पदमा पाठक र प्रितमविरुद्ध क्रमशः मनोजकुमार चौधरी र विनोद महतो उम्मेदवार थिए । 

एक सभापति, एक सचिव र एक कोषाध्यक्षसहित संसदीय निर्वाचन क्षेत्र नं १ र ६ बाट एक/एक महिलासहित पाँच/पाँच जिल्ला कार्यसमिति सदस्य पदका लागि निर्वाचन भएको थियो ।

गत वर्ष हिउँदमा दलभित्रको स्थानीय किचलो र सभापति सुशील कोइरालाको निधनका कारण जिल्ला अधिवेशन हुन सकेको थिएन ।

रासस 

प्रतिकृया दिनुहोस