मेसीद्वारा सन्यास फिर्ता
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले सन्यास फिर्ता लिएका छन् । बार्सिना क्लबबाट खेल्दै आएका उनले २८ साउनमा विज्ञप्तिमार्फत अर्जेन्टिाइन फुटबलमा धेरै समस्या देखेको र थप समस्या उत्पन्न गर्न नचाहेको उल्लेख गरेका छन् ।
कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि मेसीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए । छिमेकी ब्राजीलमा जारी रियो ओलम्पिकमा अर्जेन्टिना समूह चरणबाट बाहिरिए लगत्तै मेसीले सन्यास फिर्ता लिएका हुन ।
अर्जेन्टिानाका नयाँ प्रशिक्षक इडगार्डो बौजासँगको कुराकानीपछि मेसीले सन्यास फिर्ता लिएको घोषणा गरेका हुन्। मेसी सन् २०१८ विश्वकप छनोट अन्तर्गत सेप्टेम्बरमा उरुग्वे र भेनेन्जुएला विरुद्ध मैदानमा उत्रने भएका छन् ।
मेसीलाई अर्जेन्टिनाका राष्ट्रिपतिदेखि उनका फ्यानहरुले सन्यास फिर्ता लिन आग्रह गरेका थिए ।