गैंडाकोटमा गैंडा मृत फेला, खाग र खुर झिकियो
नवलपरासीको गैंडाकोट—७, गैरीमा एउटा बयस्क गैंडा मृत भेटिएको छ । सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले करेन्ट लगाएर गैंडा मारेको हुनसक्ने बताए । उनका अनुसार पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा करेन्ट लागेको देखिएको छ ।
गैंडा निकुञ्ज क्षेत्र भन्दा बाहिर मारिएकाले जिल्ला वन कार्यालय नवलपरासीले अनुसन्धान गरेको छ । वन कार्यालयले अनुसन्धान गर्न सहायक वन अधिकृत ईश्वर वाग्लेलाई खटाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, सेना, प्रहरी र वन कर्मचारीको रोहवरमा खाग र खुर सुरक्षित रुपमा निकालिएको वन कार्यालयले जनाएको छ । वन कार्यालयले एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा समेत लिएको जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी