तौलिहवामा मधेशी मोर्चाको प्रदर्शन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावको पक्षमा कपिलवस्तुको तौलिहवामा प्रदर्शन गरेको छ । मोर्चाले मधेशलाई दुई प्रदेशमा विभाजन गर्नु पर्ने माग गर्दै १८ पुसमा प्रदर्शन गरेको हो ।
मोर्चाका नेताहरुले संविधान संशोधन गरी मधेशका मुद्दाहरु संवोधन गरेर मात्रै निर्वाचनको घोषणा गर्नु पर्ने बताएका छन् । संशोधनको विरोधमा रहेको नेकपा एमाले विरुद्ध चर्को नारावाजी गर्दै मोर्चाका कार्यकर्ताहरुले मधेशका जिल्लाहरुमा पहाडी जिल्ला मिलाउन नहुने, तराई मधेशमा मधेशी, थारु तथा मुस्लिमहरुको अधिकार स्थापित हुने ढंगले राज्यको पुर्नसंचना हुनु पर्ने माग गरेका छन् ।
विरोध प्रदर्शन कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सहसराम यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता धर्मबहादुर लाल श्रीवास्तव, सद्भावना पार्टीका केन्द्रिय सदस्य रविदत्त मिश्रा, नेता मधुसुदनशरण चौधरी, नेपाल सद्भावना पार्टीका नेता रविन्द्रनाथ मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
गोपाल भण्डारी, कपिलवस्तु